१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकरले निरन्तरता पाउँदा चीनमा कृष्ण



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १८ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली र बेलायतका लागि चन्द्रप्रसाद घिमिरेको नाम सिफारिस गरेकाे हाे ।

यस्तै जर्मनीका लागि शैल रुपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल, इजरायलका लागि धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेको नाम सिफारिस भएको छ ।

यसैगरी पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, अस्ट्रेलियाका लागि कान्ता रिजाल, स्पेनका लागि सनिल नेपाल र मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।

कुन देशमा को ?

१) भारत- शंकर शर्मा (यथावत)

२) अमेरिका -लोकदर्शन रेग्मी

३) बेलायत -चन्द्र घिमिरे

४) चीन-कृष्णप्रसाद ओली

५) दक्षिण कोरिया- शिवमाया तुम्बाहाङफे

६) मलेसिया -नेत्र तिमिल्सिना

७) पाकिस्तान- रिता धिताल

८) पोर्चुगल- प्रकाशमणी पौडेल

९) साउदी अरब -नरेशविक्रम ढकाल

१०) इजरायल -धनप्रसाद पण्डित

११) दक्षिण अफ्रिका–कपिलमान श्रेष्ठ

१२) अस्ट्रेलिया कान्ता रिजाल