११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबारको दिन बिहिबार पहिलो घण्टामा शेयर बजारमा २५.४७ अंकले ओरालो लाग्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक २५.४७ अंकले ओरालो लागेको  छ । यस अबधिमा २ हजार ०९१ दशमलव ६० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव २३ प्रतिशतले घटेर २ हजार ९४२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको १३ हजार २७५ पटकको कारोबारमा २४ लाख ८२ हजार ६३२ कित्ता शेयरको रू. १ अर्ब ४१ करोड ९ लाख बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४४७ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टाको अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।