• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

साताको अन्तिम कारोबारको दिन बिहिबार पहिलो घण्टामा शेयर बजारमा २५.४७ अंकले ओरालो लाग्यो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक २५.४७ अंकले ओरालो लागेको  छ । यस अबधिमा २ हजार ०९१ दशमलव ६० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव २३ प्रतिशतले घटेर २ हजार ९४२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको १३ हजार २७५ पटकको कारोबारमा २४ लाख ८२ हजार ६३२ कित्ता शेयरको रू. १ अर्ब ४१ करोड ९ लाख बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४४७ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टाको अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।