१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​राज्यमन्त्री रामवीर मानन्धरको वल्र्ड बुक रेकर्ड



अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्नुहुने भएको छ । 

शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताउनुभएको छ । उहाँले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लाग्नुभएको हो । उहाँले करिब ४ घण्टासम्म गीत गाउनु हुनेछ ।

लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताउनुभयो । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ ।