२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो याममा हातखुट्टाका औंला सुन्निने-चिलाउने गर्छ भने अप्नाउनुहोस् यस्तो उपाय



सांकेतिक तस्बिर
अ+ अ-

जाडो मौसममा कतिपय मानिसलाई हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने जस्ता समस्याले सताउने गर्छ । यो समस्यालाई मेडिकल भाषामा चिलब्लेन भनिन्छ । मुटु रोगी, बाथ रोगी र अन्य दीर्घरोगीहरुमा यो समस्या बढी देखिन्छ । जाडो याममा घरधन्दामा बढी सक्रिय हुनेलाई औँलामा यी समस्या देखिन्छ। जस्तै, चिसो पानीले भाडा माझ्नाले, चिसो पानीमै लुगा धुने वा अन्य घरायसी काममा बारम्बार पानी चलाइरहने अथवा चिसो ठाउँमा धेरैबेर बस्न पर्ने मानिसहरुलाई चिलब्लेन हुन्छ । यी घरेलु उपाय अपनाउँदा पनि चिलब्लेन रोग निको नभएको खण्डमा छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्नु पर्छ ।
 
चिलब्लेनका लक्षणहरु  

१) चिसो लागेको भागमा छालाको रङ विस्तारै परिवर्तन हुन्छ

२) छालाको रङ गाढा निलो र रातो हुने गर्छ 

३) पोल्ने, चिलाउने, सुनिने र दुख्ने गर्छ 

४) चिलाएको ठाउँमा कन्याउँदा घाउसमेत हुन सक्छ 

चिलब्लेनबाट बच्ने उपायहरु

१) चिसोबाट जोगिनु नै यो समस्याबाट बच्ने मुख्य उपाय हो

२) हात खुट्टाका औंलाहरु घाममा सेकाउने 

३) जोडो मौसममा चिसो पानी सकभर नखेलाउने  

४) जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने

५) शरीरको खुला भागलाई पनि न्यानो पारेर राख्ने 

६)  न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने 

७) साँझ बिहान आगो वा हिटर बालेर ताप्ने 

८) भाडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने 

९)  विहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने 

         (एजेन्सीको सहयोगमा)