४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संसद विघटन गरेर प्रधानमन्त्री ओली भारततिर

संसद विघटन गरेर प्रधानमन्त्री ओली भारततिर
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली आगामी साता भारत जाने भएका छन् । सम्भवत उनको भारत भ्रमण यही पुसको २० गते हुनसक्ने छ । यता देशको संसद हवात् विघटन गरेको भनी व्यापक आलोचना भएपछि उनी भारत भ्रमणमा जान लागेका हुन् । 

देशभित्र उनकै पार्टी नेकपा पनि चोइटिएर प्राय सबैजसो वरिष्ठ नेताहरु अर्को पक्षतिर लागेका छन् र भने पार्टीले उनलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई पार्टीको अध्यक्ष चयन गरिएको छ । 
त्यसैगरी उनको संसद विघटनको कदमका विरुद्धमा सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ती रिटमा आज शुक्रबारदेखि सुनुवाई हुन लागेको छ । 

त्यतिमात्र नभएर उनको सो कदमका विरुद्धमा सबैजसो विपक्षी दलहरु आन्दोलनमा उत्रिएका छन् । यही पुुस १३ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र त्यसको भोलिपल्ट उनकै दल नेकपाले नै उनका विरुद्धमा आन्दोलन गर्न लागेको छ । 

यस्तो बेलामा प्रधानमन्त्री ओली भने भारत भ्रमणका लागि जान लागेका हुन् । उनको यो भ्रमण लगभग तय भएको परराष्ट्र स्रोतले जनाएको छ । त्यस अगावै भ्रमणको तयारीस्वरुप परराष्ट मन्त्री प्रदीप ज्ञवाली भारत जाने छन् । सो कार्यक्रम लगभग तय भएको सो मन्त्रालयले जनाएको छ । 

यसअघि गत महिनामात्र भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा अएका थिए । सोही भ्रमणपछि नै नेपाल भारत उच्चस्तरीय भ्रमणको बाटो खुलेको हो । 
परराष्ट्र मन्त्रालय स्रोतले भने सो भ्रमण विकसित राजनीतिक घटनाक्रम अघि अर्थात् प्रधानमन्त्रीले संसद विघटन गर्नु अघि नै तय भएको हो । 

तर राजनीतिक स्रोतका अनुसार भने नेपालमा विकसित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्रीले दक्षिणी छिमेकी मुलुक भारतलाई विश्वासमा लिनका लागि यो भ्रमण गर्न लाग्नुभएको बताएको छ । 

नेपालको वर्तमान सरकार कामचलाउ प्रकृतिको भएको सूचना हिजो नै राष्ट्रपति कार्यालयले दिएको छ । त्यसैले यस्तो हैसियतको सरकारका प्रमुखका तर्फबाट हुने विदेश भ्रमणमा त्यस्तै कुनै दुरगामी महत्वका विषयमा सहमति या सम्झौता नहुने स्रोतले जनाएको छ । 

तर पनि केही अघिसम्म दक्षिणी छिमेकीसँग प्रधानमन्त्री ओलीको सम्बन्ध त्यति राम्रो नरहेको चर्चा गरिएकोमा अहिले देशमा विकास भएको अकस्मातको अकल्पनीय राजनीतिक परिवेशपछिको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।