काठमाडौं । ‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (बुधबार) पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाह क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले पीएनजीको सामना गर्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेल्दै दुबै खेलमा नेपालले जित निकालेको हुनाले नेपाल उच्च मनोबलसहित मैदानमा उत्रनेछ ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । लिग टु मा नेपाल ८ खेलमा ८ अंक सहित छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । लिग टु अन्तर्गत ७ टिमको सहभागिता रहेको छ ।