२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 47

Latest
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण: अर्थमन्त्री पौडेल बल्खुमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता- तस्बिरहरु मन्त्रीपरिषद्बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित घरजग्गा कारोबार किन शिथिल ? तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महाधिवेशन प्रतिनिधिहरुले जारी महाधिवेशनबाट नेतृत्व लगायतका सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा गत असार १६ गतेदेखि दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । अहिले नेतृत्व चयनका लागि शीर्ष नेताहरुका बीचमा विभिन्न चरणमा छलफल भइरहेको । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ भने निर्वाचन गराउनका लागि समितिले आफ्नो तर्फबाट तयारी गरिरहेको छ ।

नेकपा(एमाले)बाट विभाजन हुनुको औचित्य पुष्टि गर्न भन्दै पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्नुपर्ने र अध्यक्षका दाबेदार घनश्याम भुसाल लगायतका नेताहरुलाई पनि समेटेर अगाडी बढ्नुपर्ने मत प्रतिनिधिहरुले राखेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाधिवेशन प्रतिनिधि गोविन्दप्रसाद सुवेदीले नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा प्रतिनिधिहरुले दबाब दिएका बताउनु भयो । उहाँले नेतृत्वमा विवाद गरे पार्टी निर्माणमा अपm्ठ्यारो पर्ने भन्दै सर्वसम्मत् गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै महाधिवेशन प्रतिनिधि ओसिम आलमले एकीकृत समाजवादी विद्रोहबाट जन्मिएको पार्टी भएको भन्दै विद्रोहको नेतृत्वकर्ता माधवकुमार नेपालकै नेतृत्वमा सर्वसहमती हुने बताउनु भयो । अन्य पदमा युवाको प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै महाधिवेशन प्रतिनिधि विश्वमणि सुवेदीले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न र कम्युनिस्ट आन्दोलनलाई अझ समृद्ध बनाउन महाधिवेशनले विद्रोहको नेतृत्वलाई नै अनुमोदन गर्ने बताउनु भयो ।

त्यस्तै महाधिवेशन प्रतिनिधि मिना परियारले जसको नीति उसको नेतृत्व हुनुपर्ने बताउनु भयो । उहाँले नेतृत्वमा पुस्तान्तरणको कुरा आइरहेको भन्दै पुरानाको अनुभवलाई बाँड्दै युवा नेतृत्व निर्माण गर्नुपर्ने धेरैको आवाज रहेको बताउनु भयो ।

महाधिवेशन प्रतिनिधि अजबहादुर मल्लले पनि महाधिवेशनले सर्वसम्मत् रुपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बताउनु भयो । उहाँले निर्वाचन हुने बताउनु भयो ।

उहाँले महाधिवेशनले पार्टीलाई अझ एकतावद्ध बनाएर लैजाने बताउनु भयो ।