१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।

देशका विभिन्न ३८ जिल्ला भ्रमण गरेर ढकालले पार्टीको अवस्थाबारे ३२ पेजको समीक्षा प्रतिवेदन तयार पारेको हुन् ।

पार्टीभित्र छलफल नहुँदै प्रतिवदेन सार्वजनिक गरेको र पार्टीको रणनीति विषयलाई मिडियाबाजी गरेको भन्दै ढकालको महामन्त्री पद ७ दिनका लागि निलम्बनमा छ ।

ढकालले प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् । सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबबसेको ?’,उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/07/समीक्षा_यात्रा_प्रतिवेदन_२०८१०३१२-1.pdf” title=”समीक्षा_यात्रा_प्रतिवेदन_२०८१०३१२ (1)”]