२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

शनिबार तराई र पहाडि स्थानमा बाक्लो  हुस्सु र कुहिरो, हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना

शनिबार तराई र पहाडि स्थानमा बाक्लो  हुस्सु र कुहिरो, हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना
अ अ+ अ-

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको मौसमको अवस्था तराईका भू-भागका थोरै स्थानहरुमा बाक्लो  हुस्सु र कुहिरो लाग्ने र बांकी भु-भागको  मौसम सामान्यतया सफा रहने छ । 

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ जसका अनुसार आज (शनिबार) दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। यस दिन राती गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।

पौष १२ गते आईतबारको दिन दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । साथै राती बाग्मती र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ।

त्यस्तै, पौष १३ गते सोमबारको दिन दिउँसो प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ भने
राती प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टा चिसो रहिरहने भएकाले तराई र पहाडि भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  यस्तो बेलामा यात्रा तय गर्दा सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।