• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

आन्तरिक विषयमा उत्तर,दक्षिण र पश्चिमको हस्ताक्षेप स्वीकार्य छैन –कमल थापा



काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिमको हस्ताक्षेप स्वीकार्य नभएको बताउनु भएको छ । 

नेकपा भित्रको आन्तरिक कहल, प्रतिनिधी शभाको बिघटन र त्यस पछिको राजनीतिक अन्योलताका बारेमा छिमेकी तथा समुद्रपारीका मुलुकहरु बाट भै रहेको चासो तथा हस्ताक्षेप  प्रति संकेत गदे थापाले यस्तो लेख्नु भएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचै काठमाडौमा उत्रिएकै समयमा सामाजिक संञ्जालमा थापाले लेख्नुभएको छ –नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर,दक्षिण र पश्चिम जताको भएपनि दवाव,प्रभाव र हस्तक्षेप स्विकार गर्नु हुँदैन। दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने हुँदैन। नेपालको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँ।