• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल



file

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ ।  काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र  अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उहाँको जिकिर थियो । 

नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । “संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उहाँले भन्नुभयो, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।” 

सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै  काङ्ग्रेस तनहुँले आज दुई  निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ – १ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।