• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

अदालतप्रति कांग्रेसको भरोसा छ, न्याय पाइएन भने जनताका बीचमा जान्छु : नेता थापा



file photo

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गरेको प्रतिनिधि सभा पुनर्स्थापनामा अदालतमाथि विश्वास रहेको बताएका छन् । नेपालगञ्जमा आज कांग्रेसले गरेको विरोध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै थापाले न्यायमुर्तिप्रति भरोसा भए पनि कांग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने समेत बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र उक्त मुद्दा सर्वोच्चमा रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास पनि गरेका छन्। थपाले कांग्रेस सानदार ढंगले जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर प्रधानमन्त्री ओलीले चुनाव घोषणा नगरेको पनि बताए। 

‘केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ थापाले भने, ‘कुनै अलमल नगरी जनताका बीचमा तपाईंहरू जानुहोस्।’

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको थापाको भनाइ छ। उनले अदालतमाथि भरोसा रहेको पनि बताए।

‘अदालतप्रति कांग्रेसको भरोसा छ। अदालतको स्वतन्त्रताका लागि हामी लडेको हो,’ उनले भने, ‘अदालतले न्याय दिन सक्नुपर्छ अनि अदालत हुनुको अर्थ रहन्छ। अदालतले न्याय दियोस् श्रीमान्।’

उनले अदालतबाट न्याय पाइएन भने जनताका बीचमा जाने पनि बताएका छन्।