काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ। प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्नुपर्ने माग गर्दै अर्को रिट परेको हो ।
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस १५ गतेलाई तोकिएको छ ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ। काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ। प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्नुपर्ने माग गर्दै अर्को रिट परेको हो ।
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस १५ गतेलाई तोकिएको छ ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ।