१ असार २०८३, सोमबार
,
Latest
एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक विभागले टाल्यो न्यूरोडको सडक



अ+ अ-

काठमाडौँ । फुटपाथ विस्तार भन्दै काठमाडौं महानगरपालिकाले सडकका किनारा भत्काएको स्थानमा कालोपत्रे गरिएको छ ।

महानगरपालिकाका मेयर बालेन साहको योजनाअनुसार भत्काइएको सडकलाई कालोपत्रे गरेर पुरानै अवस्थामा फर्काइएको हो ।

सडक डिभिजन कार्यालयको टोलीले सोमबार उक्त सडकको काटिएको भाग कालोपत्रे गरेको छ ।

उक्त सडक विस्तार गर्न लाग्दा काठमाडौं महानगरपालिका र सडक विभागबीच जुहारी चलेको थियो । मेयर साह र वडाअध्यक्षबीच पनि उक्त सडक काटिएकोमा बैठकमै भनाभन भएको थियो ।

सडक विभागले मापदण्डविपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले आफ्नो अडान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे गरेको हो ।

नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद उत्पन्न भएको थियो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी समेत गरे । घटनास्थलमा नेपाल प्रहरी प्रवेश गरेपछि नगरप्रहरी फर्किएका छन् ।




भर्खरै