२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डान्सिङ भर्सन’ को  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गर्नुभएको हो ।  जावेद खानले छायाङ्कन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ्को अभिनय छ ।  

युवा पुस्ताले विशेष रुपमा मन पराउने अङ्ग्रेजी शब्दको समेत गीतमा प्रयोग गरिएको छ । नेपाली र अङ्ग्रेजी आधा–आधा प्रयोग गरिनु उपयुक्त नभएको प्रतिक्रिया  दर्शक स्रोताले दिएका छन् । म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ ।

लुपी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह–निर्माता हुनुहुन्छ । निर्माण समूहले भिडियोलाई हेरेर र सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।