१६ श्रावण २०८३, शनिबार
,
Latest
एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को उपाधि कोलकाता नाइट राइडर्स (केकेआर)ले जितेको छ । आइतबार फाइनल खेलमा सनराइजर्स हैदरावाद (एसआरएच) लाई ८ विकेटले पराजित गर्दै कोलकाता च्याम्पियन बनेको हो ।

कोलकाताको यो समग्रमा तेस्रो उपाधि हो । टोलीले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।

चेपौक मैदानमा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो ।

कोलकाताले १०.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन चेज हो । फाइनलको प्लेयर अफ दि मिचेल स्टार्क भए । उनले २ विकेट लिएका थिए भने २ क्याच पनि लिएका थिए ।

कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए भने एडेन मार्करामले २० रनको इनिङ खेले । अभिषेक शर्मा २, ट्राभिस हेड ० र राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश रेड्डी १३ रन र हेनरिक क्लासेन १६ रन बनाएर प्याभिलियन फर्किए ।

कोलकाताका आन्द्रे रसेलले ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले २–२ विकेट लिए । वैभव अरोडा, वरुण चक्रवर्ती र सुनील नारायणले १–१ विकेट लिए ।

जवाफी इनिङ्समा कोलकाताका वेंकटेश अय्यरले २६ बलमा ५२ रनको अविजित अर्धशतक खेले । रहमानउल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाए । हैदरवादका प्याट कमिन्स र शाहबाज अहमदले एकएक विकेट लिए ।