२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को उपाधि कोलकाता नाइट राइडर्स (केकेआर)ले जितेको छ । आइतबार फाइनल खेलमा सनराइजर्स हैदरावाद (एसआरएच) लाई ८ विकेटले पराजित गर्दै कोलकाता च्याम्पियन बनेको हो ।

कोलकाताको यो समग्रमा तेस्रो उपाधि हो । टोलीले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो ।

चेपौक मैदानमा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अलआउट भयो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो ।

कोलकाताले १०.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन चेज हो । फाइनलको प्लेयर अफ दि मिचेल स्टार्क भए । उनले २ विकेट लिएका थिए भने २ क्याच पनि लिएका थिए ।

कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए भने एडेन मार्करामले २० रनको इनिङ खेले । अभिषेक शर्मा २, ट्राभिस हेड ० र राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश रेड्डी १३ रन र हेनरिक क्लासेन १६ रन बनाएर प्याभिलियन फर्किए ।

कोलकाताका आन्द्रे रसेलले ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले २–२ विकेट लिए । वैभव अरोडा, वरुण चक्रवर्ती र सुनील नारायणले १–१ विकेट लिए ।

जवाफी इनिङ्समा कोलकाताका वेंकटेश अय्यरले २६ बलमा ५२ रनको अविजित अर्धशतक खेले । रहमानउल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाए । हैदरवादका प्याट कमिन्स र शाहबाज अहमदले एकएक विकेट लिए ।