१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान



अ+ अ-

 संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षत्रमा चलिरहेको युद्ध यथा सिग्र रोक्नुपर्ने बताउनुभएको छ ।

यस क्षत्रमा युद्धको अन्त्य भइ दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल–मन्डबको जलमार्गमा र वरपरका अन्तरराष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्णरूपमा पुनःस्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयीको विश्वासिलो माध्यम हुनुपर्ने बताउनुभएको छ ।

खाडीमा सैन्य वृद्धि भएको छ महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभएको छ ।

द्वन्द्वका कारण विश्वभर खाद्यान्न लगायतका आधारभूत सामग्रीको आयातमा कमजोर देशहरू अझै कमजोर बनिरहेको गुटेरेसले उल्लेख गर्नुभएको छ । विश्व खाद्य कार्यक्रमले ४५ करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौँलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ ।

उहाँले हमासलाई आफ्नो हतियार त्याग्न र इजरायललाई गाजाबाट आफ्नो सेना फिर्ता लिनका लागि सम्झौताको अमेरिकी. घोषणालाई शुभ समाचारको रुपमा स्वागत गर्नुभएको छ ।

“यी उद्देश्यहरू कार्यान्वयन गर्न स्पष्ट आधार भएको यसअघि नै घोषणा गरिएको उल्लेख गर्दै उहाँले शङ्का वा यसलाई कमजोर पार्ने दृढ सङ्कल्पविना दुवै पक्षले सहमति कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ ।(रासस/सिन्ह्वा)