१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए



अ+ अ-

अफगानिस्तान। इरान पुग्ने प्रयास गर्दै गरेका १४ अफगान आप्रवासीको शव दक्षिण–पश्चिमी अफगानिस्तानको तातो मरुभूमिमा फेला परेको अधिकारीहरूले शनिबार बताएका छन् ।

उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौँअघि उनीहरू पैदल हिँडेका थिए । सवारी साधनका चालक निम्रोज प्रान्तको एउटा गाउँमा तिर्खा र थकानले लरबराउँदैसहयोग माग्न पुगेपछि अधिकारीहरूले समूहको खोजी गरिरहेका थिए ।

खोजीपछि पाँच शव ततकाल फेला परेका थिए भने पैदल यात्रा जारी राखेका बाँकी १४ जनाको खोजी सुरु गरिएको थियो ।

निम्रोज अफगानिस्तानका सबैभन्दा तातो र सुख्खा प्रान्तहरू मध्ये एक हो। यो समय यहाँको तापक्रम करिब ४५ डिग्री सेल्सियससम्म पुग्छ ।

निम्रोज प्रान्तीय अस्पतालका एक स्रोतले शनिबार एएफपीलाई बताए अनुसार १४ शव बालुवामा गाडिएको अवस्थामा फेला परेका हुन् ।

प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मुतवाकिल तौहिदीले शुक्रबार यो भयानक मरुभूमि फेला परेको पुष्टि गर्नुभयो ।

इरान अफगान आप्रवासीहरूका लागि लोकप्रिय गन्तव्य हो तर त्यहाँका लागि वैधानिक प्रवेशका मार्गहरू सीमित छन्।

पूर्वी बाडघिस प्रान्तको कोलघी गाउँका बासिन्दा अब्दुल खालेखले मृतक युवाको अन्तेष्टि पहिले एएफपीसँग भन्नुभयो, “यी १४ युवा हाम्रै गाउँका हुन्। उनीहरू २३ दिनअघि घरबाट निस्किएका थिए र आज हामी उनीहरूलाई मृत अवस्थामा घरमा ल्याएका छौँ ।”

गृहमन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले राष्ट्रिय प्रसारक आरटीएलाई उपलब्ध गराएको एक वक्तव्यमा भन्नुभयो, “अफगान अधिकारीहरू ‘मानव तस्करीविरुद्धको लडाइँ दृढतापूर्वक जारी राखिरहेका छन्।”

अफगानिस्तान र इरानबीचको सीमा क्षेत्रमा गर्मीमा तापक्रम अत्यधिक बढ्छ भने जाडोमा खतरनाक रूपमा घट्छ ।

गत डिसेम्बरमा इरानतर्फको जोखिमपूर्ण यात्रा गर्ने क्रममा कम्तीमा १८ अफगान चिसोबाट मरेका थिए, जसमा एउटा १५ वर्षीय किशोरको पनि मृत्यु भएको थियो । (रासस/एएफपी)