२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा

द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा
अ अ+ अ-

काठमाडौं । १९९० को नेवारी थिममा, द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पारिवारिक वातावरण युक्त रेष्टुरेन्ट काठमाडौं कपनस्थित दुर्गामंदिरमा अवस्थित छ । वैदेशरोजगारीबाट फर्केका युवाले एकै थलोमा अन्तर्राष्ट्रिय तथा लोकल परिकार उपलब्ध गराउने उद्देश्यले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

रेष्टुरेन्टमा नेवारी, मेक्सिकन, मिक्स कंटिनेन्टल र लोकल खानाहरु उपलब्ध छन् । वैदेशिक रोजगारीका क्रममा दुबई र मालदिप्स्मा चार वर्ष सेफका रुपमा काम गरेका युवा पुष्कर श्रेष्ठले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

विदेशमा सिकेको सिप स्वदेशमा उपयोग गर्नपर्छ भन्नेमा विश्वास गर्ने श्रेष्ठले कोभिड–१९ को महामारीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘नेपालमा हरेक क्षेत्रमा व्यवसायीक सम्भावना छ’, श्रेष्ठले भने, ‘सिप, आइडिया र पुँजीको अभावले गर्दा यहाँको युवा विदेशिने गरेका छन् ।’विदेशमा सिकेको सिपलाई उपयोग गर्न सकिए स्वदेशमै आत्मनिर्भर हुन सक्ने श्रेष्ठको भनाई छ । शान्त र हरियाली वातावरण भएको ठाउँ भेटिएकाले कोभिड–१९ को बिचमै रेष्टुरेन्ट सञ्चालन गरिएको श्रेष्ठले बताउनु भयो  ।

रेष्टुरेन्ट करिब एक रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा विभिन्न प्रकारको रुख विरुवका साथै चार वटा प्राइभेट कटेज पनि छ । शान्त र स्वच्छ वातावरणमा गुणस्तरिय र स्तरिय खानाका लागि जिंगो काठमाडौंबासीका लागि उत्कृष्ट विकल्प हुनसक्छ । काठमाडौंको चक्रपथ गोपीकृष्ण हलदेखि साढे एक किमी र सुकेधाराबाट १.३ किमीको दुरीमा अवस्थित छ । 

रेष्टुरेन्टमा अन्तराष्ट्रियस्तरमा खानाका शौखिनकाबीच लोकप्रिय बन्दै गएको टाकोस, नाचोस साथै स्वदेशी नेवारी सेट, समैंबजी, यमरी, छोयला, बारबिक्यू लगायतका खाना एउटै थलोमा प्राप्त गर्न सकिन्छ । ‘नेपालीहरुमा पछिल्लो समयमा विभिन्न स्वादको खाना खाने प्रचलन बढ्दो छ ।

नेपाली विश्वका हरेक देशमा पुगेका छन्,’ श्रेष्ठले भने, ‘स्वदेशमै अन्तर्राष्ट्रियस्तरको खाना खाने धेरैको चहाना हुन्छ ।’ उपभोक्तालाई स्तरिय र गुणस्तरिय स्वादिलो खाना चखाउन रेष्टुरेन्ट सञ्चालन गरिएको उहाँको बताउनु भयो । ‘स्वदेशमा जस्तो विदेशमा आत्मसन्टुष्टि मिल्दैन,’ श्रेष्ठले भने, ‘विदेशमा जति पैसा कमाए पनि सुखदुःख बढ्नका लागि परिवार तथा साथी पाइदैन ।’ नेपालमा थोरै पैसा कमाए पनि आत्मसन्टुष्टि मिल्ने उहाँको भनाई छ ।

जिंगमा एक सय २० जनासम्म अट्ने क्षमता छ । यहाँ विवाह, वर्तबन्धन, पास्नी, लाइभ म्यूजिक लगायत आयोजना गर्न प्रयाप्त पुर्वाधार पनि छ । उहाँसँग वैदेशिक रोजगारीका क्रममा कतारको र्याडिसन ब्ल्यू होटलमा ढेड वर्ष र माल्दिप्स्को फुराबेरी र्सिोटमा करिब तीन वर्ष कुकको अनुभव पनि छ ।