१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकियो



अ+ अ-

लन्डन । आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यससँगै इंग्लिस टोलीले प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता कायम राख्यो । एनफिल्डमा भएको खेलमा ब्राजिली गोलरक्षक एलिसन बेकरले लिभरपुलका लागि उत्कृष्ट बचाउ गरेपछि म्यानचेस्टर जितबाट वञ्चित रहेको हो ।

लिभरपुल लगातार तेस्रो लिग खेलमा गोल गर्नबाट चुकेको छ तर बेकरको बचाउका कारण टिमको घरेलु मैदानमा लगातार ६८ खेलको अपराजित यात्रा कायम रह्यो । म्यानचेस्टर भने लिगका पछिल्ला १२ खेलमा अपराजित छ ।

व्यवस्थापक एलेक्स फर्गुसनको संन्यासयता टोली आठ वर्षमा पहिलो पल्ट लिग उपाधिका लागि चुनौती पेस गर्न सक्षम भएको छ ।