१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पाए रातो कार्ड, स्पेनी सुपरकपको उपाधी बिलबाओलाई



अ+ अ-

सेभिया । आइतबार भएको स्पेनी सुपरकपको फाइनलमा लियोनल मेसीले रातो कार्ड खाएका छन् । बार्सिलोनाबाट खेल्ने क्रममा उनले पहिलो रातो कार्ड पाएका हुन् । एथ्लेटिको बिलबाओले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले हराएर स्पेनी सुपरकप जितेको छ । रियल सोसिडाडविरुद्धको सेमिफाइनल गुमाएका मेसी बार्सिलोनाको सुरुवाती टिममा फर्के र खेलको अन्त्यतिर विपक्षी फरवार्ड एसियर भिलालिब्रेमाथिको फलका कारण उनलाई रातो कार्ड देखाइएको थियो ।

बार्सिलोनाले एन्टोन ग्रिजमनको गोलले दुई पल्ट अग्रता लिए पनि दुवै अवसरमा ओस्कार डे मार्कोस र भिलालिब्रेमाले बराबरी गोल फर्काए । विन्की विलियम्सले बिलबाओका लागि निर्णायक गोल गरे ।

सन् २०१५ मा बिलबाओले अन्तिक पटक कुनै उपाधि जितेको थियो र त्यो पनि सुपरकप नै रहेको थियो । त्यतिबेला पनि उसले बार्सिलोनालाई ५–१ ले हराएको थियो ।