४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
अ+ अ-

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ । 

ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ । 

यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए । 

ब्रिस्बेन । पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ । 

यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ । रासस