४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको पहिलो जित, बागमतीले सुदुरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको पहिलो जित, बागमतीले सुदुरपश्चिमलाई हरायो
अ+ अ-

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।  

गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २  विकेटको रोमाञ्चक जित निकाल्दा बागमतीले सुदुरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो ।
संघर्षपूति जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो । यस अघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङ तर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो ।

१ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो । संघर्ष पूर्ण जित निकाल्दा गण्डकीका ओपनर अर्जुन कुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे । अभिशेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर जोड्न सकेनन् । पराजित भए पनि किफायती बलिङ गरेको प्रदेश १ का लागि शुभांकर उराले समान २/२ विकेट हात पार्दा दिपेश कंडेल र हेमन्त राईले एक/एक विकेट आफ्नो नाममा लेखाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २  रन बनाउन सक्यो । प्रदेश १ का लागि कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए । प्रदेश १ को पारीलाई सस्तैमा समेट्ने विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए । यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो । प्रदेश १ पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत दिनको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो ।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । सुदुरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलिय फर्किएका थिए ।

सुदुरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए । नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट आफ्नो लेखाए ।
यस अघि पहिले ब्याटिङ गरेको बागमतीले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो । युवा ब्याट्सम्यान पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान गरे  । कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए पवेलियन फर्किए । इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे ।

बलिङ तर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए । लगातार जित निकालेको बागमतीले २ खेलमा ४ अंक जोडेको छ । बागमती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ । यस अघि बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो भने पराजयबाट सुदूरपश्चिमले प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।