१८ भाद्र २०८३, बिहीबार
,
Latest
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट



अ+ अ-

दमक । झापाको शिवसताक्षी नगरपालिकाका दुई खेलाडी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने यु–१३ फुटबलका लागि छनोट भएका छन् । छनोट हुनेमा शिवसताक्षी–७ का आयुश भट्टराई र शिवसताक्षी–१० का रुप्लीहाङ लिङ्देन रहेका छन् ।

शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिगालुङ्गका अनुसार शिवसताक्षी नगरबाट पाँच खेलाडी जिल्ला, प्रदेशहुँदै छनोट भएका हुन् । उनीहरुलाई एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणसहित पढ्ने व्यवस्था गरिएको छ ।

एन्फाले ग्रामीण र स्थानीय स्तरबाट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनोट प्रतियोगितामार्फत खेलाडी छान्दै आएको छ । छनोट प्रतियोगितामा शिवसताक्षीका ६२ युवा खेलाडी सहभागी भएका थिए ।

“बाह्र खेलाडी जिल्लाका लागि छनोट भएकामा पछि जिल्लाबाट प्रदेशमा ६ जना छनोट भएका थिए, अन्तिममा दुई खेलाडी छनोट हुन सफल भएका छन्”, शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष रिगालुङ्गले भन्नुभयो ।

राष्ट्रिय फुटबल टोलीबाट खेलेका अनन्त तामाङ्ग, सन्दिप राई, सन्तोष नेपाली, ईश्वर कार्कीलगायतले खेलिसकेका छन् । उनीहरु शिवसताक्षी नगरपालिकाका बासिन्दा हुन् ।