• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका ★   राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल ★   बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा नगर्न राप्रपा प्रमुख सचेतक शाहीको चेतावनी ★   कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी ★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान ★   कालोपट्टी बाँधेर धर्ना बसे संसद्का कर्मचारी ★   संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण ★   चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर ★   देशमा अत्याचार बढेको छ: सांसद पाण्डे ★   अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको ध्यानाकर्षण

अमेरिकै बस्ने भ​ए यी ४ कुराहरु नभुल्नु !



१)  यी प्राइभेसि कुराहरु गोप्य राख्नुहोला अमेरिकामाः अमेरिकि सरकारले प्रदान गर्ने सोसियल सेक्युरिटि नम्बर, आफ्नो जन्म मिति, घरको ठेगाना, घरको फोन, सेल फोन, ड्राइभर लाइसेन्स नम्बर परिचय पत्र र क्रेडिट कार्ड, डेबिट कार्ड र बैक खाता नम्बर, राउटिङ्ग नम्बर र चेकबुक अत्यन्त सुरक्षित राख्नुहोला। जथाभाबि अनलाइन फर्म, अनलाइन सुचना तथा जथाभाबि शेयर नगर्नुहोला। जसबाट तपाइको आइडेन्टिटि चोरि भै फ्रडहरुको घानमा परि तपाइको बैकको डलर रित्याइदिनसक्छ, तपाइको नाममा बिभिन्न सुबिधाहरु दुरुपयोग गरि तपाइलाइ कलेक्सन कम्पनिमा जाकिदिन सक्छ। जसबाट जतिबेला तपाइको क्रेडिट ध्वस्त भैसक्ने छ, जुनबेला तपाइले थाहा पाउनु हुनेछ त्यसबेला ढिला भैसक्नेछ। अति आबस्यक स्थान, कार्यालय, सरकारि काम, भरपर्दो आफन्त वा अति नजिकको भाइसाथि र बैन्किङ्ग काम र अतिआबस्यक युटिलिटि तथा सेवाप्रदाय कम्पनिहरु बाहेक अन्यलाइ सकेसम्म आफ्ना यि गोप्य कागजातहरु शेयर नगर्नुहोला। यस मामलामा धेरैलाइ बिस्वास नगर्नुहोला, कुनबेला को पराइ बनिदिने हो र तपाइलाइ वा तपाइको गोप्य महत्वपुर्ण कागजातहरु दुरुपयोग गरिदिने हो भन्न सकिदैन र को कसको मनमा पुग्न सक्छ ररु घरमा, बैङ्कको लकरमा वा आफुलाइ गोप्य लाग्ने स्थानमा मात्र यि कागजहरु सुरक्षित राख्नुहोला।

२) अमेरिकामा अपराध गर्नबाट टाढै बस्नुहोला यदि तपाइ 'पिस अफ माइन्डू प्राप्ति, सफलता र केहि गर्छु भन्ने हो भने कुनै खाले अपराधबाट आफुलाइ बचाउनुहोस। अमेरिकामा अपराधका ऋङ्खलाहरु छन। भोइलेशन, मिस्डेमेअनोर र फेलोनि।' फेलोनिू सबैभन्दा सकसपुर्ण सजाय हो अमेरिकामा। अदालतबाट फेलोनिको सजाय पाउने अमेरिकनले सकेसम्म जागिर पाउदैन। सरकारि, निजि वा अर्धसरकारि वा कुनै पनि खाले जागिरमा हायर गर्ने छैनन। कुनै फेडेरल एबम राज्य स्तरको कुनै लाभावान्बित वा अमेरिकन सबिधानले अमेरिकन नागरिकहरुलाइ प्रदान गरेको नैसर्गिक सुबिधाबाट समेत बन्चित हुनु पर्नेछ। ब्यबसाय खोल्न अनुमति पाएपनि ब्यबसायमा कुनै सेवा राख्न फेलोनले पाउदैनन जसबाट ब्यबसाय एबम कुनै आयाअर्जनको काममा पनि असर पुग्नेछ। आप्रबासिको हकमा मल्टिकाउन्ट फेलोनिले तपाइसङ्ग भएको ग्रिनकार्ड समेत अमेरिकि अध्यागमनले खारेज गरि सजाय भुक्तान पश्चातडिपोर्ट गरिदिनसक्छ। कानुनको मुलुक अमेरिकामा अपराध छिपाउन, लुकाउन, लुक्न, गुसपैठ गर्न, प्रभाबित पार्न वा मुक्ति पाउने छैन। तपाइ के बोल्नुहुन्छ यसको अर्थ राख्दैन ।अमेरिकामा कागज र तपाइको गतिबिधि डकुमेन्ट बोल्नेछ। अमेरिकामा स्वतन्त्रता, अबसर, सफलता र पिस अफ माइण्ड भनेकै अपराध गर्न र परिबन्दमा पर्नबाट जोगिनु जरुरि छ। कानुनसङ्ग जिस्कने, खेलाचि गर्ने, खेल्ने र लापरबाहिले अमेरिकामा सडाउनेछ।

३) कर तिर्नुहोस र आफ्नो आम्दानिलाइ पारदर्शि बनाउनुहोस अमेरिकामा। तपाइले नगदमा तलब बुझिरहनुभएको छ, करमा दाखिला गर्नु भएको छैन वा देखाउनु भएको छैन भने कालान्तरमा तपाइ अत्यन्त अप्ठेरोमा पर्नु हुनेछ। जसबाट तपाइ आइ आर एस आन्तरिक राजस्व कार्यालयको कारबाहिमा पर्नु हुनेछ। अमेरिकमा आर्थिक अपराधलाइ ठुलो अपराध मानिन्छ र यस्तो अबस्थामा कारबाहिमा पर्नु भयो भने भबिस्यमा तपाइको ब्यबसाय एबन ब्याक्तिगत र पारिवारिक बेनेफिट र जिबनपनमा ठुलो धक्का पुग्नेछ। काम गर्नुहोस, पेरोलमा आफुलाइ राख्नुहोस र अमेरिकिन सरकारले तोकेको बार्षिक आम्दानि भन्दा बढि आम्दानि देखिने भयो र तपाइको अन्य सुबिधामा जस्तै फुडस्ट्याम्प, विक तथा मेडिकेड, मेडिकेयरमा असर पुग्न खोजेमा केहि तलब नगदमा बुझेर बाकि पेरोल चेकमा राख्न सक्नुहुनेछ। यो गोप्य सुझाब हो तपाइहरुका लागि। तर काम गरेपछि कर तिर्नुहोस। यसो गर्नु भएन भने भोलि भबिस्यमा तपाइको न क्रेडिट बढ्छ, न घर किन्न पाउनु हुनेछ न गाडि पेमेन्टमा पाउनु हुनेछ न भोलि उधारो वा लोनमा केहि सुबिधा पाउनु हुनेछ। कर तिरेर कर दाखिला गर्न नबिर्सनुहोला। तपाइले लाखौ लाख डलर नगदमा कमाउनु भयो, करमा दाखिला गर्नु भएको छैन भने तपाइको ति सबै आम्दानि गैरकानुनि मात्रै हुदैनकि गैरकानुनि रुपमा २ हज्जार भन्दा बढि नगद फेला पर्यो भने र तपाइले कर तिरेको प्रमाण दिन सक्नु भएन भने तपाइलाइ जेल लैजाने छ। नगद २ हजार भन्दा बढि नबोक्नुहोला यदि कानुनिसँगत रुपमा कमाउनु भएको छैन भने। ९९९ भन्दा बढि डलर मनि ट्रान्सफर मार्फत नपठाउनुहोला। ९९९९ भन्दा बढिको ॠण लिनदिन गर्नु भएको छ भने चेकबाट काम गर्नुहोस। कानुनु रुपमा १० हज्जार भन्दा बढि ॠण दिएर ब्याज लिनु भएको छ भने त्यो मनि लण्ड्रि कानुनेले निषेध गरेको छ अमेरिकामा। नगदमा ढुकुटि खेल्ने, ढुकुटि चलाउने र ९९९९ भन्दा बढिको कारोबार नियमसगत नपाइएमा वा नगदको चलखेल गरेको पाइएमा वा ढुकुटि बुझेको डलर सबै गैरकानुनि हो अमेरिकामा। यदि आइ आर एसले पत्ता पाएमा ढुकुटि खेल्ने र खेलाउने सबै मनि लण्ड्रिङ्गमा जेल जान सक्नेछ। १००० डलरको मनि अडर वा मनि ट्रान्सफर गलत मानिस वा अमेरिकन सरकारले तोकेको ७००० भन्दा बढिको टेरोरिष्ट ग्रुप वा ब्याक्तिलाइ पठाइएको वा चेक पठाइएको पाइएमा सिधै जेल जानुपर्नेछ। १००० डलर भन्दा माथिको मनि अडर र मनि ट्रान्सफर गर्दा आफ्नो आम्दानिको स्रोत खोल्नुपर्नेछ। हुण्डि गैरकानुनि हो अमेरिकामा। यि सबै कामबाट बच्नुहोला। कुनैबेला जतिखेर पनि फाइनान्सियल अपराधको सामना गर्नु पर्ने हुन्छ। अमेरिकामा तपाइका आर्थिक गतिबिधि नियाल्ने, चेक एन्ड ब्यालेन्स गर्ने, निगरानि राख्ने बिबिध कर्नरहरु हुन्छन। एकातिर छल्न, लुकाउन र छिपाउन खोज्दा अर्को निति र तरिकाबाट तपाइ समातिन सक्नु हुन्छ। कानुन मिच्ने, कानुनलाइ हेप्ने र कानुनको अनुशरण नगरे कुनै बेला पनि नि कार्बाहिमा पर्ने हुदा आफ्नो आम्दानि, खर्च र कर दाखिला र आर्थिक अनुशानको ख्याल गर्न जरुरि हुन्छ।

४)अमेरिकामा लिज, सम्झौता, सहमति वा कुनै कन्ट्रयाक्ट वा लिनादेना वा सेवासुबिधा आदानप्रदान गर्दा वा कुनै खाले लिखितम कागज गर्दा वकिल वा जानेको बुझेको मानिसलाइ देखाएर वा सम्बन्धित क्षेत्रको बिशेषज्ञलाइ देखाएर बुझेर मात्रै हस्ताक्षर गर्नुहोला। सरकारि, निजि, कर्पोरेट हाउसहरुले तपाइलाइ डुबाइदिन सक्छन, यदि तपाइले नबुझिकन सहिछाप गरिदिनु भयो भने। फोन कम्पनि, बिजुलिबत्ति, कुनै युटिलिटि, बसाइ लिज, कुनै सेवा प्राप्त गर्दाको सम्झौता, ब्यबसाय वा कुनै भेन्डर वा कुनै कम्पनिसङ्ग सम्झौता, कन्ट्रयाक्ट गर्दै हुनुहुन्छ भने भाषा, त्याहा लेखिएका शब्द शब्द र हरफहरु बुझ्ने मानिस वा वकिलको सहाराबिना हस्ताक्षर नगर्नुहोला। जसले तपाइलाइ ठुलो आर्थिक एबम मानसिक क्षति पुर्याइदिनसक्छ। एकपटक नबुझिकन सम्झौता गर्नुभयो भने तपाइको दिनदशा यहिबाट शुरु हुनेछ अमेरिकामा।