१३ मंसिर २०८१, बिहीबार
,
Latest
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि. को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त। रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन रवि लामिछाने सवार विमान पोखराबाट उड्यो सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्यो: कृषिमन्त्री अधिकारी वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका आज मध्यरातदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन? रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा रोट महोत्सव हुने



अ+ अ-

गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ ।

आयोजक सिद्धाश्रम शक्तिकेन्द्र्र गोरखाका संयोजक किशोरकुमार अकेलाले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन कार्यक्रमसमेत सञ्चालन हुने बताउनुभयो । चालमको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ । यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ ।

गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ । विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवद्र्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताउनुभयो । वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट हुनुभएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ । सो दिनको अवसर पारेर रोट महोत्सव सुरुआत गरिएको हो ।

एघार दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि आयोजकले नै खाने, बस्ने सुविधा उपलब्ध गराउने संयोजक अकेलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यसपटक ४० हजार भन्दाबढी पर्यटक महोत्सवमा गोरखा आउने अनुमान गरिएको छ ।’’ सवा लाख रोट महोत्सवमा गोरखनाथको प्रसाद ग्रहण गर्न भारतबाट समेत भक्तजन आउने गर्दछन् ।