१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई



अ+ अ-

काठमाडौँ । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताउनुभएको छ ।

निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार अपरान्ह सिंहदरवार पुग्नुभएका उहाँले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताउनुभएको हो । पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरु निष्कर्षमा पुगेको बताउनु भयो ।

अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर पनि गर्नुभयो । सांसदहरुले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रुपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उहाँको भनाई थियो । अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब यो चाहीँ पानी उमाल्ने क्रममा तापक्रम बढ्दै बढ्दै जान्छ । सय डिग्री पुगेपछि पानी उम्लिन्छ भन्ने एउटा बैज्ञानिक चाहीँ नियम छ । त्यस्तै हो । अब यहाँहरुले सार्वजनिक क्षेत्रले हेर्दाखेरी एकैचोटी जस्तो भयो । तर कुनै पनि घटना एकैचोटी हुँदैन । त्यसका पछाडि कारणहरु हुन्छन । र त्यसले विकास गर्नका निम्ति अलिकति समय लिएको हुन्छ, प्रक्रियाहरु पार गरेको हुन्छ । अब विकास क्रमको कुरा भन्ने हो भने कार्यशैलीगत चाहीँ बेमेलहरुले उत्पन्न गरेका असन्तुष्टिहरु थुप्रिँदै थुप्रिँदै जाने र ती सबै चिजहरुको निकास, समाधान खोजेर एकीकृत र सुदृढ पार्टी बनाउने, पार्टीमा उर्जा भर्ने ढंगले महाधिवेशन आयोजना गर्नुपर्ने ।

अब महाधिवेशन नै लाठे रोपाईँ होला जस्तो देखिएपछि अब धेरै असन्तुष्टि,अन्तरविरोध बढाएर पार्टीमा रहिरहनु त्यो राम्रो पनि हुँदैन । राम्रो पनि देखिदैन । बरु अलग भएर प्रितीकर सम्बन्ध, सुसम्बन्ध, हार्दिकता पचाईरहनु चाहीँ बेस हुन्छ । एकैठाउँमा बसेर विवाद, बहस गर्ने, अब चाहीँ त्यो खालको असन्तुष्टिहरु पाल्ने स्थिति हुनु भन्दा राम्रो हो । र, अर्को कुरा चाहीँ अब नौ वर्ष भयो । एकता भएर मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीको एकता भएर नौ वर्ष भयो । नौं वर्षको सहकार्यमा हामीले भौतिक रुपमा देखिने गरी प्रगति पनि गर्न सकेनौं एकता पछि पनि ।

जव महाधिवेशन आयोजना गर्ने प्रक्रिया नै विवादास्पद छ । विधिसम्मत छैन । र जब्बरजस्तीको जोड छ भने पछि त्यो महाधिवेशनले के निकास दिन्छ, के निर्णय दिन्छ भनेर अपेक्षा गर्ने । त्यसकारण हामीले चाँही बरु बेस हुन्छ हामी चाहीँ आ आफ्नो ढंगले अघि बढौं भनिकन हामीले यो निर्णय गर्यौँ । यो निर्णयमा हामी पुग्यो । हामीले दल दर्ताको निम्ति निर्णय लियौं । र आज दल दर्ता चाँही भएको छ । र, अव यसको आधारमा हामी आफ्नो चाँही रचनात्मक क्रियाकलापहरु अगाडि लैजान्छांै । सत्ता राजनीति त हामी सांसदहरुले संसदीय दलबाट विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग त कुनै न कुनै रुपमा प्रत्यक्ष, परोक्ष रुपमा जोडिन जान्छ । तर सत्ता राजनीतिको कारण चाँही होइन यो विभाजनको । सत्तामा नै छौ नि त हामी त । हाम्रो त वनमन्त्रीजी अहिले सरकारमा हुनुहुन्छ ।

उहाँले अगुवाई गरिरहनु भएको छ यो विभाजनमा । हामी सत्तामा नै छौं । त्यसको निम्ति त अरु के राजनीति गर्नु पर्यो । सत्तामा जानका निम्ति हामीले राजनीति गर्नुपर्ने, हामी सत्तामा नै छौं । गठबन्धन फेरबदल गर्ने कुरा मिडियाको कुरा हो । मिडियामा पढेर मैले थाहा पाएको । त्यस्तो तथ्यगत कुरा केही छ भने यहाँहरुलाई नै जानकारी होला ।

गठबन्धन चाहीँ फेरफार गर्ने हिसावबाट कोही लागेको छ, कुनै शक्ति लागेको छ, कोही व्यक्ति लागेको छ भन्ने कुराको तथ्यगत जानकारी मलाई छैन । त्यसकारण यो कुरालाई अहिले हाम्रो यो दल दर्तासँग जोडन आवश्यक छैन । त्यो सम्बन्धमा हामीसँग उहाँले कुनै कुरा राख्नुभएको छैन । यो त एउटा संयोग हो । कहिलेकाहीँ यस्तो संयोग हुन्छ । अब शिकारी हराउने, चितुवा कराउने भएजस्तो हुने गर्छ कहिलेकाहीँ घटनाहरु त्यस्तो हुन्छ । त्यसैकारण यो उखान बनेको हो शिकारी हराउने, चितुवा कराउने । ’

अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरु बेखबर रहेको पनि बताउनु भयो ।




भर्खरै