१५ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले भोलि वैशाख १५ गते उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र चल्न पाउँथे । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ ।

आयोगले दिएको निर्देशनमा लेखिएको छ, ‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने ।’

इलाम क्षेत्र नम्बर २ र बझाङमा भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/04/प्रेस-बिज्ञप्ती-सवारी-आवागमन.pdf” title=”प्रेस बिज्ञप्ती सवारी आवागमन”]