१५ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके



हरिबोल गजुरेल
अ+ अ-

इलाम । नेकपा माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्वाङलाई इलामबाट जिताउनु पर्ने बताए ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए ।

उनले २०७४को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पिडाहरू भएको बताए । ‘हामी इतिहासबाट पाठ सिकेर फेरी एक भएर आएका छौँ । वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वापन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुवास नेम्वाङको योगदानको चर्चा गर्दै सुहाङ नेम्वाङको जित भइसकेको बताए ।

उनले भने ‘अत्यधिक बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनुपर्छ । हिजो को बाट गल्ती भयो ? कमजोरीहरू के के भए केलाउँला, तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।’