२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देशको समृद्धिको मुख्य आधार निजी क्षेत्र हो भन्ने कुरालाई स्वीकार गरी सरकारले व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “बैंक तथा वित्तिय संस्थाको व्याजदर चर्को छ, अर्थतन्त्रमा देखिएको सङ्कटका कारण देशमा उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका छैनन् र यसको मार साना व्यवसायीहरुमा झन् बढी परेको छ भन्दै यस्तो अवस्थामा राजनीतिक दुरदर्शिता आवश्यक छ र सरकारले रातभर सुत्न नसकेका व्यवसायीहरुलाई सहुलियत पुग्नेगरी काम गरिदिनुपर्छ ।”

नेपाली युवा विदेश पलायन भएको चर्चा हुने गरेपनि व्यवसायीहरुले आफ्ना व्यवसाय छोडेर विदेश पलायन हुनुपर्ने अवस्थाका बारेमा भने कुनै चर्चा नभएको उहाँको भनाइ छ । मेडिकल व्यवसायी रहनुभएका उहाँले गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले अहिले देशका व्यवसायीहरुमा छाएको निराशाको अन्त्य गरी उनीहरुलाई हौसला प्रदान गर्ने खालको व्यवसायमैत्री नीति अख्तियार नगर्ने हो भने मुलुकको अर्थतन्त्रमा झन् ठूलो समस्या उत्पन्न हुने पनि बताउनुभयो ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति एवं काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग २४सै घण्टा खुलेको र यहाँको सुरक्षा अवस्थालाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४सै घण्टा खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले होटल क्षेत्रमा कार्यरत श्रमिकलाई अगाडि बढाउनका लागि होटल व्यवसायीले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसियसन अफ नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सीताराम केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, राष्ट्रिय होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्म भण्डारीलगायतले होटल व्यवसायलाई मर्यादित र व्यवस्थित ढङ्गले अगाडि बढाउनका लागि लोकतान्त्रिक होटल व्यवसायी सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसबाट विसं २०७९ साउन २ गते शुभेच्छुक संस्थाको मान्यता पाएको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले हाल देशभरका ३० भन्दाबढी जिल्लामा तदर्थ समिति विस्तार गरिसकेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसअवसरमा होटल व्यवसायीहरुलाई उपचारमा छुटसम्बन्धी सम्झौता पनि भएको थियो । सो सम्झौताअनुसार डा शर्मा अध्यक्ष रहेको काठमाडौँ मेडिकल कलेजलगायत अन्य अस्पतालमा उपचार गर्न जाने होटल व्यवसायीलाई विशेष छुट दिइने व्यवस्था छ । रासस




भर्खरै