१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उम्मेदवारलाई पितृशोक



अ+ अ-

बझाङ। बझाङ प्रदेश सभा क्षेत्र नं १ को उप-निर्वाचनका उम्मेदवार दमन बहादुर भण्डारीलाई पितृशोक परेको छ।

नेकपा (एमाले)का उम्मेदवार भण्डारीका बुवा चक्र बहादुर भण्डारीको ८८ बर्षको उमेरमा मंगलवार बिहान निधन भएको हो । उप-निर्वाचनको चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाको निधन भएपछि एक दिनलाइ प्रचार प्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए।

मृतक भण्डारी दुई हप्तादेखि बिरामी रहेका थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनको अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन।

बुधवार देखि नै चुनावी अभियानलाइ निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए। गत निर्वाचनमा बझाङ-१ बाट निर्वाचित पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि यहि बैशाख १५ गते उप-निर्वाचन हुदैछ।