२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गैरजिम्मेवार बनेको आरोप लगाउने कांग्रेसले के गर्ला निर्णय ?



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ ।

सरकारले अप्रत्यासित रुपमा संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो । बिहान साढे ७ बजे संसदीय कार्यसमिति र ८ बजे दलको बैठक बोलाइएको हो ।

बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होल्से हलमा बस्ने छ । सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि छलफलका लागि कांग्रेसले बैठक बोलाएको हो ।

बैठकले सरकारको रबैयामाथि तीव्र विरोध गर्ने निर्णय गर्ने तयारी छ । सरकार गैरजिम्मेवार बनेको आरोप कांग्रेसको छ ।

संसदीय कार्यसमिति बैठकमा सभापति, महामन्त्री, प्रमुख सचेतकहरू पदेन सदस्य रहन्छन् । आजको बैठकमा दुई उपसभापतिलाई पनि आमन्त्रित पदेन सदस्यका रूपमा बोलाइएको छ । कार्यसमितिको बैठकपछि संसदीय दलको बैठक बस्ने छ ।