१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग



अ+ अ-

हेटौँडा । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले व्यक्तिगत रूपमा १५ लाख रुपैयाँ र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ राहत कोषमा दाखिला गरिएको हो।

प्रिन्सिपल जोशीले विपद्को समयमा नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। “राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ,” उनले भने, “राष्ट्र दुःखमा हुँदा हामी पनि सँगै छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ।”

रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मकवानपुरका विभिन्न सङ्घसंस्था, निजी क्षेत्र तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी रहेको छ।




भर्खरै