१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
अ अ+ अ-

काठमाडौँ । २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक करोड ७० लाख रकम सङ्कलन गरेको छ ।

गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।

मानवता प्रवर्द्धनको उद्देश्यले आयोजित आमा सेमिनार एवं अन्तरक्रिया कार्यक्रमहरुमा करिब एक हजार पाँच सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरुको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अष्ट्रेलिया अभियानमा १० जना अष्ट्रेलियावासीले मानवसेवा आश्रमको निर्माणाधीन भवनहरुमा एक कोठा निर्माण सहयोगार्थ रु पाँच लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ ।

यसैगरी वार्षिक भोजन सेवा सदस्यता २० जनाले, छ जनाले बालगोपाल बाबुनानीको अभिभावकत्व, चार जनाले आमाबुबाको छोराछोरी बन्ने प्रतिबद्धता गर्नुभएको छ भने ९० जनाले आश्रमको आजीवन सहयोगी सदस्यता लिनु भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको संस्थाको संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । उहाँका यसरी नेपाल, कतार, बेलायत र अष्ट्रेलियामा भव्यताको साथ सम्पन्न भएको मानवसेवा आश्रमको कार्यक्रम आगामी मे ५ तारिखमा पुन: बेलायतमा हुन गइरहेको छ भने अरु देशहरुमा पनि कार्यक्रमको तयारी भइरहेको छ । बेलायतमा हुने कार्यक्रममा प्रसिद्ध गायिका आनीछोइङ डोल्मा सहभागी हुनुहुनेछ ।

विगत १० वर्षदेखि नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुन:मिलन एवं परिवार पत्ता नलागेकाहरुको सहारा बन्दै आएको छ । नेपालभर सात प्रदेशको १९ वटा जिल्लाहरुमा २४ वटा सेवा केन्द्र सञ्चालन भई आजको दिनमा एक हजार सात सयभन्दा बढी असहायले प्रत्यक्ष नाना, खाना, छाना, स्वास्थ्य र शिक्षाको सेवा प्राप्त गरिरहेका छन् ।