१२ श्रावण २०८३, मंगलवार
,
Latest
गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा गुजरातको दोस्रो जित, हैदराबादलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा गुजरात टाइटन्स (जीटी)ले दोस्रो जित हात पारेको छ । टोलीले चालू सिजनको १२ औं खेलमा सनराइजर्स हैदरावाद (एसआचएच)लाई ७ विकेटले पराजित गरेको हो ।

यो जितसँगै गुजरातको टोली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हैदराबाद पाँचौं स्थानमा छ ।

अहमदाबादमा आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ थालेको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

गुजरातका ब्याट्सम्यानले १९.१ ओभरमा ३ विकेट गुमाएर १६३ रनको लक्ष्य पुरा गरे ।

साई सुदर्शनले ३६ बलमा ४५ रनको इनिङ खेले भने डेभिड मिलरले २७ बलमा अविजित ४४ रन बनाए । कप्तान शुभमन गिलले ३६ र ऋद्धिमान साहाले २५ रनको योगदान दिए ।

एसआरएचका लागि अभिषेक शर्मा र अब्दुल समदले २९–२९ रन बनाए । हेनरिक क्लासेनले २४ रनको योगदान दिए । गुजरातका मोहित शर्माले तीन विकेट लिए ।