• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

‘बिग बोस’ फेम निक्की तम्बोलीले आफ्नो शर्टको बटन खोलेर देखाइन् किलर स्टाइल



एजेन्सी । ‘बिग बोस १४’ मार्फत आफ्नो पहिचान बनाएकी निक्की तम्बोली यतिबेला साउथ इन्डस्ट्रीमा आफ्नो अभिनय कौशल देखाउँदै छिन् ।

फिल्मबाहेक निक्की सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै अभिनेत्रीले आफ्नो बोल्ड लुकका केही तस्विरहरु फ्यानहरुसँग शेयर गरेकी छिन् । जसका कारण उनी अहिले नराम्ररी ट्रोल भइरहेकी छन् ।

निक्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो पछिल्लो फोटोसुटका केही तस्विर शेयर गरेकी छिन् । जसमा उनले कुर्सीमा बसेर बोल्ड पोज दिएकी छिन् ।

यी तस्विरहरूमा निक्की तम्बोलीले सेतो शर्टसँगै ब्लेजर लगाएकी छिन् । जसको बटन खोलिएको छ ।

यद्यपि यो पहिलो पटक भने होइन । जब निक्कीले आफ्नो बोल्ड स्टाइल देखाइन् । यसअघि पनि उनले धेरै पटक बिकिनीमा आफ्नो सुन्दरता देखाइसकेकी छिन् ।

निक्की तम्बोली बिग बोस १४ मा सहभागी भएकी थिइन् । उनले शोको ट्रफी भने जितेकी थिइनन् तर सेकेन्ड रनर अप भइन् ।