४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बहराइनसँग ५-० गोलले पराजित



अ+ अ-

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत नेपाल बहराइनसँग पराजित भएको छ।

बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल ५-० ले पराजित भएको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ ।