३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल

प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
अ+ अ-

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा पार्टी कमजोर हुँदै गएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो समय पार्टी रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउने खेलमा केन्द्रित हुनु गम्भीर भुल भएको बताए।

‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ उनले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो।’

रणनीतिक लक्ष्य हासिल गर्न आवश्यक कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफलता प्राप्त भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा पार्टी अन्योलमा फसेको उनको भनाइ थियो।
प्रचण्डले पार्टीको जनतासँगको सम्बन्धसमेत कमजोर हुँदै गएको स्वीकार गरे। ‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो,’ उनले भने।

उनले आफ्नो पक्षले कार्यनीतिलाई अत्यधिक प्राथमिकता दिइरहँदा विपक्षीहरू भने रणनीतिक उद्देश्यमा केन्द्रित भएको दाबी गरे। ‘तर हाम्रो बैरी भने कार्यनीति छाडेर रणनीतिमा केन्द्रित भयो,’ प्रचण्डले भने, ‘उनीहरू कसरी नेपालबाट कम्युनिस्टलाई सखाप पार्ने भन्नेमा केन्द्रित भए।’

उनले पार्टीले विगतका कमजोरीबाट पाठ सिक्दै आफ्नो मूल विचार, वर्गीय आधार र रणनीतिक लक्ष्यमा पुनः केन्द्रित हुनुपर्ने संकेत गरे।