३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
अ+ अ-

काठमाडौं । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ

। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन भएकामा रु एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन् ।

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

“सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्”, उहाँले भन्नुभयो, “प्रतिकूल भूगोल, मौसम र अन्य कारणले रु ३० लाख बजेटका पाँच वटा योजना कार्यान्वयन भएनन् ।”

पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ । मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग र धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवन निर्माण भएको छ ।

मालिका–४ मा गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग निर्माण भएको छ । बेनी नगरपालिका–९ मा ढाडापधेरा आरोटा, पाखाथर, ८ को बराहपाखोेमा पदमार्ग र १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार निर्माण भएको छ । मङ्गला गाउँपालिका–४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माण भएको छ।

रघुङ्गा गाउँपालिका–३ गलेश्वर देखि बगैचा, ५ र ६ को फुलडाडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गण्डकी प्रदेश सरकारबाट २४ वटा योजनाका लागि रु एक करोड ८५ लाख बजेट प्राप्त भएको छ । बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रिया थालिएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताउनुभयो ।