• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

आईपीएलको उद्घाटनमा अक्षय कुमार र टाइगर श्राफले प्रस्तुती दिने



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण भोलि शुक्रबारबाट सुरु हुँदैछ । पहिलो खेल हुनुअघि कार्यक्रममा ओपनिङ सेरेमोनीले मैदानमा दर्शकहरुको उत्साह बढाउन मद्दत गर्नेछ ।

पहिलो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किंग्स बीच हुनेछ । यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । उद्घाटन समारोहमा धेरै फिल्मी कलाकारहरुको उपस्थिति रहनेछ । यो समारोह ३० मिनेटसम्म चल्ने बताइएको छ ।

आईपीएलको उद्घाटन समारोहमा अक्षय कुमार र टाइगर श्राफ पनि उपस्थित हुनेछन् । यी दुई कलाकारको नयाँ फिल्म ‘बडे मियाँ छोटे मियाँ’ अप्रिल १० मा रिलिज हुँदैछ । अक्षय र टाइगर आफ्नो फिल्मको प्रमोशनका लागि सँगै प्रस्तुति दिनेछन् ।

उनी बाहेक भारतका चर्चित संगीतकार एआर रहमान र सोनु निगम पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । उनको सांगीतिक प्रदर्शनले निस्सन्देह एमए चिदम्बरम स्टेडियममा आकर्षण थप्ने छ । मैदानमा रंगीन बत्ती जडान गरिएको स्टेडियमको तस्विर सामाजिक सञ्जालमा आइरहेका छन् ।

स्टेडियममा उपस्थित हजारौं दर्शकको लागि यी सबै फिल्म स्टारहरू प्रदर्शन गर्न पूर्ण रूपमा तयार हुनेछन् ।

आईपीएलको दिनको खेल सुरु हुने समय दिउँसो ३ः४५ तोकिएको भए पनि साँझको खेल ७ः४५ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन समारोह पनि हुने भएकोले चेन्नई र आरसीबीबीचको खेल बेलुका ८ः१५ बजे सुरु हुनेछ ।