• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल

आईपीएलका सबै टोलीका कप्तानको तलबः कमिन्स मालामाल, धोनी सातौं नम्बरमा



एजेन्सी । भोलि शुक्रबारदेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करणमा १० टोलीले एकअर्कालाई हराएर अगाडि बढ्ने प्रयास गर्नेछन् । केही महिना अघि भएको लिलामीले सबैलाई चकित पारेको थियो किनभने मिचेल स्टार्क लिगको इतिहासमा सबैभन्दा महँगो खेलाडी बने, जसलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारुमा किनेको थियो ।

प्याट कमिन्समा पनि २० करोडभन्दा बढीको बोली लगाइएको थियो । महेन्द्रसिंह धोनीदेखि फाफ डु प्लेसिसजस्ता अनुभवी खेलाडीले यसपटक आ–आफ्नो टोलीको कमाण्ड गर्नेछन् । यसैबीच यहाँ १० वटै टिमका कप्तानका पारिश्रमिकबारे जानौं ।

१. प्याट कमिन्स – सनराइर्ज हैदराबाद, २०.५ करोड


सनराइजर्स हैदरावादले आइपिएल २०२४ को लिलामीमा प्याट कमिन्सलाई २०.५ करोड भारु बोली लगाएर सबैलाई चकित पारेको छ । गत सिजन, एडेन मार्करामले एसआरएचको कप्तानी गरेका थिए, तर यस पटक उनी प्याट कमिन्सको कप्तानीमा खेल्दैछन् ।

कमिन्स त्यही खेलाडी हुन् जसले केही महिनाअघि अष्ट्रेलियालाई एकदिवसीय क्रिकेट विश्वकपमा विश्व च्याम्पियन बनाएका थिए । कमिन्सले आईपीएलमा हालसम्म ४२ खेलमा ४५ विकेट लिएका छन् ।

२. केएल राहुल – लखनउ सुपरजायन्ट्स, १७ करोड


केएल राहुल चोटका कारण गत सिजन आधा खेल खेल्न सकेनन् । उनको घुँडामा अझै समस्या छ तर सिजन सुरु हुनुअघि नै उनी पूर्ण रुपमा फिट हुने बताइएको छ । उनलाई लखनऊ सुपर जायन्ट्सले आईपीएल २०२४ को लागि राखेको छ र उनले एक सिजनको १७ करोड रुपैयाँ पारिश्रमिक पाउँछन् । राहुलको आईपीएल करियरको कुरा गर्दा उनले अहिलेसम्म ११८ खेल खेलेका छन्, जसमा उनले ४६.७८ को उत्कृष्ट औसतमा ४,१६३ रन बनाएका छन् ।

३. ऋषभ पन्त – दिल्ली क्यापिटल्स, १६ करोड


ऋषभ पन्त डिसेम्बर २०२२ मा कार दुर्घटनामा गम्भीर घाइते भएका थिए, जसका कारण उनले अन्तिम सिजन खेल्न सकेनन् । हालै बीसीसीआईले उनलाई फेरि क्रिकेट खेल्ने ग्रिन सिग्नल दिएको छ र दिल्ली क्यापिटल्सले उनलाई फेरि कप्तानी सुम्पेको पुष्टि गरेको छ । उनले एक सिजन खेल्दा १६ करोड पारिश्रमिक लिने गरेका छन् । पन्तले आईपीएलमा हालसम्म ९८ खेलमा २ हजार ८३८ रन बनाएका छन् ।

४. हार्दिक पाण्ड्या – मुम्बई इन्डियन्स, १५ करोड


हार्दिक पाण्ड्याले पछिल्लो २ सिजन गुजरात टाइटन्सको कप्तानी गर्दै आएका थिए तर यसपटक मुम्बई इन्डियन्सले उनलाई आफ्नो टिममा सामेल गर्ने निर्णय गरेको छ । उनलाई रोहित शर्माको स्थानमा टोलीको कप्तान घोषणा गरिएको छ ।

उनले गुजरातको टोलीमा पनि १५ करोड भारु पाउने गर्दथे र मुम्बईमा पनि उनको तलब त्यति नै हुने भएको छ । आफ्नो आईपीएल करियरमा पाण्ड्याले १२३ खेल खेलेका छन् र २ हजार ३०९ रन बनाएका छन् भने ५३ विकेट पनि लिएका छन् ।

५. सन्जु सामसन – राजस्थान रोयल्स, १४ करोड


सन् २०२१ देखि राजस्थान रोयल्सको कप्तानी सञ्जु सामसनले गरिरहेका छन् र उनलाई १७ औं सिजनको लागि पनि आरआरले राखेको छ । उनले २०२० देखि १४ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएका छन् र आगामी सिजनमा पनि सोही तलब हुनेछ ।

यसपटक सामसनले कप्तानी मात्र होइन ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । यदि हामी सामसनको आईपीएल करियरलाई हेर्छौं भने उनले अहिलेसम्म १५२ खेलमा ३८८८ रन बनाएका छन् ।

६. श्रेयस अय्यर – कोलकाता नाइट राइडर्स, १२.२५ करोड


श्रेयस अय्यर पनि लगातार चोटबाट संघर्ष गरिरहेका छन्, जसका कारण उनले आईपीएलको अन्तिम सिजन गुमाउनु परेको थियो । अय्यरलाई अझै पनि ढाड दुख्ने समस्या छ र सुरुका खेलहरूमा उनको खेल्नेमा अझै शंका छ । उनको तलब २०२२ र २०२३ मा १२.२५ करोड रुपैयाँ थियो र यो सिजन पनि त्यसमा निरन्तरता हुनेछ । उनले आफ्नो करियरमा १०१ खेल खेलेर अहिलेसम्म २ हजार ७ सय ७६ रन बनाएका छन् ।

७. महेन्द्र सिंह धोनी – चेन्नई सुपर किंग्स, १२ करोड


यो सूचीमा एमएस धोनीको नाम एकदमै कम छ । उनले २०१८ देखि २०२२ सम्म १५ करोड पारिश्रमिक लिइरहेका थिए, तर २०२३ बाट उनी चेन्नई सुपर किंग्सबाट १२ करोडको तलबमा खेल्दै आएका छन् । उनलाई आईपीएल २०२४ का लागि पनि १२ करोड रुपैयाँ दिइनेछ । आफ्नो आईपीएल करियरमा उनले अहिलेसम्म २५० खेल खेल्दै ५ हजार ८२ रन बनाएका छन् ।

८. शिखर धवन – पञ्जाव किंग्स, ८.२५ करोड


शिखर धवन आईपीएल २०२४ मा पञ्जाव किंग्सको कप्तानीमा देखिनेछन् । उनको पारिश्रमिक ८.२५ करोड रुपैयाँ छ र यदि हामी उनको व्यक्तिगत प्रदर्शनलाई हेर्छौं भने, उनले आजसम्म इन्डियन प्रिमियर लिगमा २१७ खेल खेलेका छन् र ६६१७ रन बनाएका छन् ।

९. शुभमन गिल – गुजरात टाइटन्स, ८ करोड


हार्दिक पाण्ड्या मुम्बई इन्डियन्स गएपछि शुभमन गिललाई गुजरात टाइटन्सको कप्तानी दिइएको छ । गिलले २०२१ सम्म केकेआरमा १.८ करोड भारु पाउथे, तर गुजरात आएपछि उनको तलब बढेर ८ करोड पुगेको छ । उनले आइपिएल २०२४ मा पनि सोही रकममा खेल्नेछन् । गिलले आईपीएलमा अहिलेसम्म ९१ खेल खेल्दै २ हजार ७९० रन बनाएका छन् ।

१०. फाफ डु प्लेसिस – रोयल च्यालेन्जर्स बैंगलोर, ७ करोड


फाफ डु प्लेसिसले सन् २०२२ देखि आईपीएलको सबैभन्दा लोकप्रिय टोलीमध्येको एक आरसीबीको कप्तानी गर्दैछन् । २०२२ मा आरसीबीको कप्तान बनेपछि उनको तलबमा भारी वृद्धि भएको थियो र उनले २०२४ मा पनि सोही तलब पाउनेछन् । आफ्नो आईपीएल करियरमा उनले अहिलेसम्म १३० खेल खेलेर ४ हजार १३३ रन बनाएका छन् ।