२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित

महाजात्राको प्रिमियर: ‘जात्राको बेस्ट सिरिज महाजात्रा’

महाजात्राको प्रिमियर: ‘जात्राको बेस्ट सिरिज महाजात्रा’
अ अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो । उहाँले प्रदीपसँग आफूहरुले मिलेर काम गरेकै २० वर्ष बढी भइसकेको बताउनु भयो । त्यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको सबै पक्ष राम्रो रहेको प्रतिक्रया दिनुभयो । कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले महाजात्रामा हरिवंश आचार्यसँग सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताउनु भयो ।

उहाँले चलचित्रले सफलता हात पार्नेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री वर्षा राउतले चलचित्र धेरै नै राम्रो बनेको बताउनु भयो । अभिनेता सुशील श्रेष्ठले चलचित्र धेरै नै राम्रो बनेको र शुरुदेखि नै रमाइलो हुने बताउनु भयो । उहाँले फिल्मले दिएको म्यासेज ठाउँमा पुग्नुपर्ने बताउनु भयो । अभिनेत्री ऋचा शर्माले चलचित्रको स्क्रिप्ट धेरै नै मन परेको बताउनु भयो । उहाँले जात्राको बेस्ट सिरिज महाजात्रा भएको बताउनु भयो ।

चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रश्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।