२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ५ खेलाडी जो आईपीएल सुरु हुँदादेखि अहिलेसम्म सबै सिजन खेल्दै आएका छन्



अ+ अ-

एजेन्सी । आईपीएल सन् २००८ मा सुरु भएको थियो । त्यसयता यस प्रतियोगिताको १६ सिजन भइसकेका छन् । पहिलो सिजन खेलेका अधिकांश खेलाडीले सन्यास लिइसकेका छन् तर के तपाईलाई थाहा छ पहिलो सिजनदेखि नै खेलिरहेका धेरै खेलाडी छन् ।

महेन्द्र सिंह धोनी बाहेक विराट कोहली र रोहित शर्मा जस्ता ठूला नामहरू यो सूचीमा परेका छन् । यी खेलाडीहरूले सबै १६ सिजनमा कम्तीमा १ खेल खेलेका छन् । यससँगै अब यी क्रिकेटर १७ औं सिजनका लागि तयार छन् ।

महेन्द्र सिंह धोनी


आईपीएलको पहिलो सिजनमा महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सका कप्तान थिए । सीएसके त्यो सिजन फाइनलमा पुगेको थियो तर शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्ससँग पराजित भएको थियो । यसपछि धोनीले चेन्नई सुपर किंग्सबाट खेल्ने क्रम जारी राखे । यद्यपि, उनले राइजिङ पुणे सुपरजायन्ट्सबाट २ सिजन खेले । महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले कीर्तिमानी ५ पटक आईपीएलको उपाधि जितेको छ ।

विराट कोहली


आईपीएलको पहिलो सिजनदेखि खेल्दै आएका खेलाडीको सूचीमा विराट कोहली पनि परेका छन् । विराट कोहली आईपीएल २००८ देखि रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा रहेका छन् । आईपीएलमा विराट कोहलीले अहिलेसम्म २३७ खेल खेलिसकेका छन् । जसमा १३०.०२ को स्ट्राइक रेट र ३७.२५ को औसतमा ७२६३ रन बनाएका छन् ।

दिनेश कार्तिक


दिनेश कार्तिक आईपीएल २००८ मा किंग्स इलेभेन पञ्जाबको हिस्सा थिए । त्यसयता उनले लगातार १६ सिजन विभिन्न टोलीबाट खेलेका छन् । हालसम्म पञ्जाब बाहेक दिनेश कार्तिकले दिल्ली, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिसकेका छन् । दिनेश कार्तिकको नाममा २४२ आईपीएल खेलमा ४५१६ रन छन् ।

शिखर धवन


शिखर धवन आईपीएल २००८ मा मुम्बई इन्डियन्स को एक हिस्सा थिए । यसपछि उनी दिल्ली क्यापिटल्सको हिस्सा बने । शिखर धवनले मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र हैदरावादबाट खेलिसकेका छन् । हाल उनी पञ्जाव किंग्सका कप्तान छन् । आईपीएलका २१७ खेलमा शिखर धवनले १२७.१६ को स्ट्राइक रेट र ३५.१९ को औसतमा ६६१६ रन बनाएका छन् ।

रोहित शर्मा


रोहित शर्माले सन् २००८ मा आईपीएलमा डेब्यू गरेका थिए । त्यो सिजन उनी डेक्कन चार्जर्स हैदरावादको हिस्सा थिए । यसपछि रोहित शर्मा २०११ मा मुम्बई इन्डियन्सको हिस्सा बने । अहिलेसम्म रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले कीर्तिमानी ५ पटक आईपीएलको उपाधि जितेको छ । योसँगै रोहित शर्माले आईपीएलका २४३ खेलमा १३०.०५ को स्ट्राइक रेट र २९.५८ को औसतमा ६२११ रन बनाएका छन् ।




भर्खरै