२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक

आईपीएलः घाइते खेलाडीले तलब पाउँछन् की पाउँदैनन्, नाम फिर्ता लिने खेलाडीलाई के गरिन्छ ?

आईपीएलः घाइते खेलाडीले तलब पाउँछन् की पाउँदैनन्, नाम फिर्ता लिने खेलाडीलाई के गरिन्छ ?
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) का पछिल्ला केही सिजनको कुरा गर्ने हो भने खेलाडीहरु लगातार चोटको सिकार भइरहेका छन् । जसप्रित बुमराह, ऋषभ पन्त र प्रसिद्ध कृष्ण लगायत यी बाहेक धेरै विदेशी खेलाडी चोटका कारण आईपीएल २०२३ मा खेल्न सकेनन् ।

आईपीएल २०२४ मार्च २२ बाट सुरु हुँदैछ तर सिजन सुरु हुनुअघि नै चोटका कारण धेरै ठूला खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । यीमध्ये धेरै खेलाडीको लिलामीमा करोडौंको बोली लागेको थियो । खेलाडी घाइते भएर पूरै प्रतियोगिताबाट बाहिरिएपछि पनि उनीहरुलाई पुरै पैसा दिइने कि नदिने प्रश्न उठ्ने निश्चित छ ।

यदि प्रतियोगिताबाट बाहिर भए भने पूरा पैसा पाइन्छ ?
आईपीएल नियम अनुसार यदि कुनै खेलाडीले सिजन सुरु हुनु अघि चोट वा अन्य कुनै कारणले आफ्नो नाम फिर्ता लिए भने उसलाई कुनै रकम दिइने छैन ।

यसको मतलब यदि कुनै खेलाडीले कुनै पनि खेल नखेलेर प्रतियोगिताबाट फिर्ता भएमा उसले पैसा पाउने छैन । त्यसैगरी प्रतियोगिताको क्रममा खेलाडी घाइते भएमा वा व्यक्तिगत कारणले खेल्न नसकेमा खेलको अनुपातका आधारमा रकम दिइनेछ ।

आईपीएल २०२४ बाट कति खेलाडी बाहिरिए ?
विश्वका धेरै शीर्ष खेलाडीले आईपीएल २०२४ गुमाउने भएका छन् । जसमा गत वर्ष २८ विकेट लिएर पर्पल क्याप जितेका मोहम्मद शामीको नाम पनि समावेश छ । उनीबाहेक लुंगी एनगिडी, गुस एट्किन्सन, जेसन रोय, प्रसिद्ध कृष्ण, मथिश पाथिराना, मार्क वुड, रोबिन मिन्जे र दिलशान मधुशंका पनि चोट र अन्य कारणले आईपीएल २०२४ बाट पूर्ण रुपमा बाहिर छन् । यसको मतलब आईपीएलको आगामी सिजनमा यी मध्ये कुनै पनि खेलाडीलाई कुनै पनि रकम दिइने छैन ।