• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

आईपीएलः घाइते खेलाडीले तलब पाउँछन् की पाउँदैनन्, नाम फिर्ता लिने खेलाडीलाई के गरिन्छ ?



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) का पछिल्ला केही सिजनको कुरा गर्ने हो भने खेलाडीहरु लगातार चोटको सिकार भइरहेका छन् । जसप्रित बुमराह, ऋषभ पन्त र प्रसिद्ध कृष्ण लगायत यी बाहेक धेरै विदेशी खेलाडी चोटका कारण आईपीएल २०२३ मा खेल्न सकेनन् ।

आईपीएल २०२४ मार्च २२ बाट सुरु हुँदैछ तर सिजन सुरु हुनुअघि नै चोटका कारण धेरै ठूला खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । यीमध्ये धेरै खेलाडीको लिलामीमा करोडौंको बोली लागेको थियो । खेलाडी घाइते भएर पूरै प्रतियोगिताबाट बाहिरिएपछि पनि उनीहरुलाई पुरै पैसा दिइने कि नदिने प्रश्न उठ्ने निश्चित छ ।

यदि प्रतियोगिताबाट बाहिर भए भने पूरा पैसा पाइन्छ ?
आईपीएल नियम अनुसार यदि कुनै खेलाडीले सिजन सुरु हुनु अघि चोट वा अन्य कुनै कारणले आफ्नो नाम फिर्ता लिए भने उसलाई कुनै रकम दिइने छैन ।

यसको मतलब यदि कुनै खेलाडीले कुनै पनि खेल नखेलेर प्रतियोगिताबाट फिर्ता भएमा उसले पैसा पाउने छैन । त्यसैगरी प्रतियोगिताको क्रममा खेलाडी घाइते भएमा वा व्यक्तिगत कारणले खेल्न नसकेमा खेलको अनुपातका आधारमा रकम दिइनेछ ।

आईपीएल २०२४ बाट कति खेलाडी बाहिरिए ?
विश्वका धेरै शीर्ष खेलाडीले आईपीएल २०२४ गुमाउने भएका छन् । जसमा गत वर्ष २८ विकेट लिएर पर्पल क्याप जितेका मोहम्मद शामीको नाम पनि समावेश छ । उनीबाहेक लुंगी एनगिडी, गुस एट्किन्सन, जेसन रोय, प्रसिद्ध कृष्ण, मथिश पाथिराना, मार्क वुड, रोबिन मिन्जे र दिलशान मधुशंका पनि चोट र अन्य कारणले आईपीएल २०२४ बाट पूर्ण रुपमा बाहिर छन् । यसको मतलब आईपीएलको आगामी सिजनमा यी मध्ये कुनै पनि खेलाडीलाई कुनै पनि रकम दिइने छैन ।