२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी बलिउड सुपरस्टारहरुको कति थियो डेब्यु पारिश्रमिक ?



अ+ अ-

एजेन्सी । बलिउडमा अहिलेको सन्दर्भमा १०० करोड पारिश्रमिक लिने स्टारहरु थुप्रै पुगेका छन् । तर, के तपाईलाई थाहा छ यीमध्ये केही सुपरस्टारले पहिलो (डेब्यु) फिल्ममा ५ हजार रुपैया मात्रै पाएका थिए । यसैबीच यहाँ आजका यी सुपरस्टारहरुको डेब्यु फिल्मको पारिश्रमिकबारे जानौं ।

१. अमिताभ बच्चन – अमिताभ बच्चनलाई डेब्यु फिल्म ‘सात हिन्दुस्तानी’का लागि पारिश्रमिकस्वरुप ५ हजार रुपैया प्राप्त भएको थियो ।

२. धर्मेन्द्र – पहिलो फिल्म ‘दिल भी तेरा हम भी तेरे’का लागि धर्मेन्द्रले ५१ हजार रुपैया लिएका थिए ।


३. अक्षय कुमार – ‘सौगन्ध’का लागि अक्षय कुमारलाई ५१ हजार प्राप्त भएको थियो ।


४. सलमान खान – ‘मेंने प्यार किया’ बाट फिल्मी करिअर सुरु गरेका सलमान खानले यस फिल्मका लागि ११ हजार रुपैया लिएका थिए ।


५. कार्तिक आर्यन – ‘प्यार का पञ्चनामा’ का लागि कार्तिकले १.२५ लाख रुपैया लिएका थिए ।


६. शाहरुख खान – शाहरुखले फिल्म ‘दीवाना’का लागि चार लाख रुपैया लिएका थिए ।