२ श्रावण २०८३, शनिबार
,
Latest
मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्वेल्थ फेल’का मनोज शर्माको प्रमोशन, महाराष्ट्र प्रहरीको आईजी बने



अ+ अ-

एजेन्सी । भारतीय आईपीएस अधिकारी मनोज कुमार शर्मा महाराष्ट्र पुलिसमा उपमहानिरीक्षक (डीआईजी)बाट महानिरीक्षक (आईजी) मा बढुवा भएका छन् ।

मनोज शर्माको करियरमा यो प्रगति क्याबिनेटको नियुक्ति समिति (एसीसी)ले २००३, २००४ र २००५ ब्याचका आईपीएस अधिकारीहरूको बढुवालाई अनुमोदन गरेपछि आएको हो ।

मनोज शर्मा (जसको प्रेरणादायी कथामा फिल्म ‘१२ फेल’ बनेको थियो) गत वर्षकै सबैभन्दा सफल फिल्ममा परेको थियो । मनोज शर्माले आफ्नो प्रमोशनको खबर शेयर गर्न आफ्नो सामाजिक सञ्जालको सहयोग लिएका छन् ।

आफ्ना अनुयायीहरूसँग शुभ समाचार साझा गर्दै, मनोज शर्माले भारतीय प्रहरी सेवा भित्रको आफ्नो सम्पूर्ण यात्राको बारेमा कुरा गरे ।

विधु विनोद चोपडाको फिल्म ‘ट्वेल्थ फेलले मनोज शर्माको संघर्षको कथा बताउँछ । यस फिल्ममा विक्रान्त मेसीले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रले समीक्षक र दर्शकबाट धेरै माया पाएको थियो ।