२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्वेल्थ फेल’का मनोज शर्माको प्रमोशन, महाराष्ट्र प्रहरीको आईजी बने



अ+ अ-

एजेन्सी । भारतीय आईपीएस अधिकारी मनोज कुमार शर्मा महाराष्ट्र पुलिसमा उपमहानिरीक्षक (डीआईजी)बाट महानिरीक्षक (आईजी) मा बढुवा भएका छन् ।

मनोज शर्माको करियरमा यो प्रगति क्याबिनेटको नियुक्ति समिति (एसीसी)ले २००३, २००४ र २००५ ब्याचका आईपीएस अधिकारीहरूको बढुवालाई अनुमोदन गरेपछि आएको हो ।

मनोज शर्मा (जसको प्रेरणादायी कथामा फिल्म ‘१२ फेल’ बनेको थियो) गत वर्षकै सबैभन्दा सफल फिल्ममा परेको थियो । मनोज शर्माले आफ्नो प्रमोशनको खबर शेयर गर्न आफ्नो सामाजिक सञ्जालको सहयोग लिएका छन् ।

आफ्ना अनुयायीहरूसँग शुभ समाचार साझा गर्दै, मनोज शर्माले भारतीय प्रहरी सेवा भित्रको आफ्नो सम्पूर्ण यात्राको बारेमा कुरा गरे ।

विधु विनोद चोपडाको फिल्म ‘ट्वेल्थ फेलले मनोज शर्माको संघर्षको कथा बताउँछ । यस फिल्ममा विक्रान्त मेसीले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रले समीक्षक र दर्शकबाट धेरै माया पाएको थियो ।