३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण



अ+ अ-

प्योङयाङ, उत्तर कोरिया । उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ।

योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै  पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ।  यस बारे थप विवरण भने दिइएको छैन। यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिएको छ।

यदि प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङ द्वारा यो वर्ष गरिएको सातौं परीक्षण हुनेछ। (रासस-एएनआई-स्पुतनिक)