१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र लिभरपुलले अंक बाँडे



अ+ अ-

काठमाडौं । ईंग्लिस प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता भने सिटीले बनाएको थियो । खेलको २३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

यता, खेलको ५० औं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलिबाट गोल गर्ने प्रयास भएपनि सफल हुन सकेनन् ।

बराबरीको नतिजापछि लिभरपुल २८ खेलबाट ६४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी समान खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै आर्सनल ६४ अंकका साथ शीर्षस्थानमा छ ।