७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ



अ+ अ-

काठमाडौं । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित प्रहरीले झापाको दमकबाट आज एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन् ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो ।

उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजतलास गरेको थियो । सो क्रममा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अवाले सट गन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । —