४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’
अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमिसम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोहीअनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो ।

मन्त्री रावलले भन्नुभयो, “एउटा सरकारले सहयोग नगर्दा पुरै पालिकामा सुकुम्बासीको लालपूर्जा वितरण रोकिन सक्छ ।”

उहाँले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भएको बताउनुभयो । “पीडितका समस्याहरू समयमै जानकारीमा आएको भए अहिलेसम्म समाधानमा गइसकेको हुन्थ्यो”, उहाँले भन्नुभयो, “पीडितका हकमा जुनुसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ ।”

उहाँले पीडितको न्योयोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । मन्त्री रावलले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय, नापी कार्यालयलगायत पालिकाका प्रमुखहरू भूमिसम्बन्धी समस्या समाधानका लागि छलफल गर्नुभएको थियो ।

उहाँले महेन्द्रनगरस्थित निर्माणाधिन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभएको छ ।